कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मृतकका आफन्तहरूले अस्पतालभित्रै दुईजना धामीझाँक्री बोलाए


 सर्पको टोकाईबाट मृत्युभएका बालकलाई जीवित पार्न मृतकका आफन्तहरूले अस्पतालभित्रै दुईजना धामीझाँक्री बोलाएका छन् । विषालु सर्पको टोकाइबाट मृत्यु भएका सप्तरीको भारदह गाविस-१ निवासी विनोद दासका छोरा ७ वर्षीय अर्जुन दासलाई जीवित पार्न धामीझाँक्री बोलाइएको हो ।

अस्पताल प्राङ्गणमा बालकको शव राखी अबेर रातिसम्म झारफुक गरे पनि केहि नलाग्ने देखेपछि राति नै धामीझाँक्री बेपत्ता भएका छन् । विषालु सर्पले टोकेपछि सिकिस्त बनेका बालक दासलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै सोमबार साँझ मृत्युभएको निजको परिवारजनले बताएका छन् ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com