कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको थापाठानामा कोइरालाको प्रथम पुण्य तिथीमा श्राद्ध


नेपाली राजनीतिका शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको प्रथम बार्षिक स्मृति दिवसको अवसर पारेर यहाँका एक कार्यकर्ताले श्राद्ध गरेका छन् ।
कोइरालाको शोकमा किरीया समेत बसेका पर्वत जिल्लाको थापाठाना गाविस-७ का रुद्रवहादुर क्षेत्रीले सदरमुकाम स्थित लोकतान्त्रिक चोकमा जग्गिए लगाएर विधिवत रुपमा श्राद्ध गरेका हुन् । कपाल काटेर १३ दिनसम्म किरीया बसेका क्षेत्रीले कालीगण्डकीमा अस्तु विसर्जन गरेपछि वर्षदिनमा एकाहा लगाउनुपर्ने भएपनि आफुसँग आर्थिक अभाव भएकाले श्राद्धमात्रै गरेको उनले बताए ।

आफु सानैमा छँदा आफ्ना बाबुको निधन भएको र राम्रोसँग किरीया नपाएपनि गिरीजाप्रसाद कोइरालालाई बाबु जस्तै मानेर किरीया बस्ोको उनले बताए । उनले भने-ुएक वर्षसम्म माछा मासु लगायत नखाईकन चोखै चिज गाएर दुःख मनाउ गरेँ ।ु उनको श्राद्ध पण्डित ताराप्रसाद ढकालले गराएका थिए । क्षेत्रीले नेपाली राजनीतिका मुर्धन्य व्यक्तित्वका नाममा आफुले निकै त्याग तपस्या गरेपनि नेपाली कांग्रेसले प्राथमिकता नदिएको गुनासो गरे । उनले भने-ुअहिलेसम्म पार्टीवाट कुनै किसीमको आश्वासन प्राप्त भएको छ ।ु
बार्षिक स्मृति दिवसको अवसरमा लोकतान्त्रिक चोमा श्राद्ध गरेपनि नेता तथा कार्यकर्ताहरु सकि्रयता नदेखाएकोमा आफु दुखित भएको बताए । आफु गरिब परिवारको भएकाले पार्टीले केही सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा लागेको छ उनले भने । गिरीजाबाबुलाई आफ्नै बाबुको भन्दा पनि बढि दुःख गरेको क्षेत्रीले बताए । ठुलो यज्ञनै गर्नुपर्ने हो तर आफुसँग आर्थिक अवस्था कमजोर भएकाले श्राद्धमै चित्त बुझाउँन बाध्य भए ।
गिरीजाप्रसाद कोइरालाको नाममा पिण्ड समेत उनले चढाएका थिए । सानै देखि नेपाली कांग्रेसमा कि्रयाशील भएर लागेकाले पनि आफ्नै मनबाट गिरीजाबाबुको दुःख बोक्न प्रेरणा जागेको उनले बताए । पार्टीवाट केही राहत पाउँछु भन्ने आशा जागेको छ उनले भने ।
स्मृति दिवसकै अवसरमा नेपाली कांग्रेस पर्वतले शान्ति र संविधान विषयक विचार गोष्ठी समेत संचालन गरेको छ । उक्त गोष्ठीको नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सम्वोधन गर्नुभएको थियो । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com