जापानको मियागो शहरमा हिजो ८..९ रेक्टरस्केलको भूकम्प जाँदा सयौंले ज्यान र हजारौं बेपत्ता भइरहेको अवस्थामा पहाडी जिल्ला पर्बत मा पनि भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार राति ११ बजे र शनिबार बिहान ५ बजेर ७ मिनेट र बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्काको महशुस गरिएको पकुवा ८ वोडारे का सुरेश रिमाल ले बताए । भूकम्पको धक्का महशुस गरिएको भएपनि कुनैपनि क्षती भने हुन पाएको छैन् । यसैविच शुक्रबार राति १० बजेर ३३ मिनेट जाँदा गुल्मी, म्याग्दी र बाग्लुङ्गको सीमा क्षेत्रमा केन्द्र बिन्दु रहेको ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
त्यस्तै आज बिहान ५ बजेर ५१ मिनेट जाँदा काश्कीको हेम्जामा केन्द्र विन्दु रहेको ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पले सामान्य झड्का बाहेक केही क्षति पुर्याएको छैन । हिमालय श्रृँखला भूकम्पको जोखिममा परेपनि जापानको भूकम्पका कारण नेपालमा ठूलो भूकम्प आउने सम्भावना भने नरहेको भर्ूगर्भविदहरुले बताएका छन् । नेपाल भूकम्पीय जोखिममा पर्ने भएकाले सजकता अपनाउनुपर्ने विज्ञहरुको सुझाब छ । नेपाल भूकम्पीय जोखिमको हिसाबले संसारको ११ औं स्थानमा पर्छ । नेपालमा हरेक ७५ देखि १ सय वर्षो बीचमा ठूला भूकम्प आउने गरेको छ । भूकम्पका दृष्टिले काठमाण्डू संसारकै पहिलो जोखिमयुक्त शहर हो । शनिबार विहान ५ बजेर ५४ मिनेट जाँदा पर्वत, बागलुङ र म्याग्दीमा भुकम्पको धक्काको महसुस भएको थियो। जापानको मियागो शहरमा शुक्रबार ८..९ रेक्टरस्केलको भूकम्प गएको भोलिपल्ट यहाँ करिब पाँच, छ सेकेण्ड भुकम्पले कम्पन सृजना भएको हो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com