जापानमा गएको महाभूकम्पले फुकुसिमा प्रान्त स्थित परमाणु ऊर्जा प्लान्टमा आज भयानक विस्फोट भएपछि त्यहाँबाट उत्पादन हुने बिद्युतको उत्पादन बन्द भई माग अनुसारको बिद्युत आपुर्ती गर्न नसकिने हुनाले टोकियो ईलेक्ट्रिक पावर कम्पनिले १४ तारिक बिहानदेखी टोकियो, कनागावा, चिबा र साईतामा प्रान्तमा योजनाबद्ध रुपमा दिनको ३ घण्टा लोडसेडिङ गर्ने घोषणा गरेको छ।
हेईसे सम्बत (सम्राट आकिहितो जापानको सम्राट भए पछी) जन्मिएका जापानीहरुले जिन्दगीमा पहिलो पटक लोडसेडिङको अनुभव गर्ने छ्न त्यस्तै जिन्दगीमा पहिलो पटक सडकमा ट्राफिक प्रहरीले रातो र हरियो झण्डा हल्लाएको देख्ने छन।
टोकियो मेट्रोका प्रहरी प्रबक्ताले लोड सेडिङको समय अबधीमा सडकका ट्राफिक बत्तीहरु नचल्ने र उक्त समयमा प्रतेक चोकमा यातायातलाई सहज बनाउन र सडक दुर्घटनालाई नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचलन गर्ने जानकारी जानकारी दिएका छन। त्यस्तै राती लोड सेडिङ हुने ईलाकामा सधैं भन्दा बडी सुरक्षा गस्ती दिने र प्रहरी बिटहरुमा प्रहरीको संख्या बडाउने जानकारी दिएका छन।
टोकियो ईलेक्ट्रिक पावरका प्रबक्ताले जानकारी दिए अनुसार लोडसेडिङ आगामी अप्रेलको अन्त सम्म चल्ने छ। तर प्रमुख ब्यापार केन्द्रलाई लोडसेडिङको कुनै असर पर्ने छैन। उनले देशवासिलाई अनावश्यक बत्ती प्रयोग नगर्न र यो लोडसेडिङलाई दैबिक प्रकोपको लागि तयार हुन अभ्यासको रुपमा लिईदिन समेत अनुरोध गरेका छन।
टोकियो ईलेक्ट्रिक पावरले गरेको लोडसेडिङ घोषणा पश्च्यात टोकियो भित्र संचालित बिभिन्न रेल कम्पनीहरुले आफ्नो सेवा घटाऊने र एक्सप्रेस रेलहरु संचालन नगर्ने वा संचालित सेवाको संख्या घटाऊने निर्णय गरेका छन।
No comments:
Post a Comment
kushmabajar.blogspot.com