दिननाथ बराल- पोखरा
ख्याती प्राप्त गायक युवा विकास गुरुङले आफ्ना आमा बाबुलाई १७ दिनको अन्तरामा गुमाउनु परेको छ । युवा गायक ३८ बर्षिय गुरुङले फागुन २० गते सुब्दार ८७ बर्षिय बाबु डम्बरबहादुर गुरुङलाई गुमाए भने त्यसको १७ दिन बित्न नपाउदै ८१ बर्षिय आमा रत्न कुमारी गुरुङलाई पनि गुमाउन पुगेका छन्। आफ्नो रोजगारीको क्रममा पोखराबाट हङकङ हुदै अमेरिका पुगेका गुरुङले आफ्नो संस्कार अनुसार काज क्रिया समेत गरेका छन् । विकासका बाबु आमा हृदयघाट तथा प्यारालाईसिसबाट ग्रसित हुनुभएको थियो । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातका कारण मृत्यु भएको थियो । कान्छा छोराका रुपमा रहेका विकासले आफ्नो संगित तथा अध्ययनको क्रममा हाल अमेरिकामा बस्दै आए पनि स्वदेशको मायाले गर्दा बिदेशमा रहदा आफुहरु बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुतीले नेपाली हुनुको पहिचान दिदै आएको बताउनु भएको छ । उहाँले गत पौष १५ मा ल्होछार पर्वमा, तथा बिभिन्न अवसरमा नेपाली लोक संस्कृति झल्कने गितहरु प्रस्तुत गर्दै आउनु भएको छ । विकास गुरुङ स्लो सङ, नौलो संसार त्रि्रो वोलीले माया ओ माया लगायतका एल्बम समेत गायक विकासले निकालेका छन्। नेपालीहरुमा हृदयघाटका कारण धेरैको मृत्यु हुने गरेको छ । मानिसहरुमा बढी महत्वकाक्षी हुनु, खानापानमा ध्यान नदिनु, चिल्लो पिरो बढी खानु, बोसोयुक्त खाना खानु, नियमित शारीरिक ब्यायम नगर्नु जस्ता समस्याले मानवलाई मुटुरोग लाग्ने गरेको मुटुरोग बिषेशज्ञ डाक्टर नारायण गौतमले बताउनु भयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com