6 people |
प्रहरीमाथि हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागढुङ्गा पोखराका ३५ वर्षीय पदमबहादुर परियार र धिताल घर भएका बसचालक नेत्रप्रसाद अधिकारी छन् ।
परियारले सोमबार रत्नचोकमा ड्युटीमा रहेको बखत चेकिङ गदै गरेका प्रहरी जवान बलराम कठायतलाई हातपात गरेका थिए भने अघिल्लो दिन ग१ख १८४८ नम्बरका माईक्रोबस चालक अधिकारीले बिरौटामा भाडाको बिषयलाई लिएर कुटपिट गरेका थिए । पक्राउ परेका दुवैलाई हिरासतमा राखी केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com