कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु




6 people

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ३२०३ नम्वरको यात्रुबाहक बस र पोखरातर्फ जाँदै गरेको ना ३ ख ८३२५ नम्बरको बस आँवूखैरेनी ६ नारीघाट नजिकै सोमवार ठोक्किँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना ३ ख ३२०३ नम्बरको बसका चालक पोखरा घर भएका विक्रम श्रेष्ठ र सोही वसमा यात्रा गरेकी अन्दाजी २५ वर्षीया एक महिला रहेका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका तीन जनालाई  भरतपुर अस्पताल भरतपुर पठाईएको र अन्य यात्रुहरु सामान्य घाईते रहेकाले आँवुखैरेनी स्थित क्लिनिकहरुमा उपचार भई रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको विवरण खुली नसकेको प्रहरीले जनायो ।
बसको अगाडिको क्याविनमा रहेका उनीहरुको अर्को वसले ठक्कर दिदा मृत्यु भएको प्रहरी निरिक्षक विरेन्द्र थापाले वताए । उनले वसहरुले सन्तुलन गुमाएर ठोक्किएको हुन सक्ने वताए । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com