शुक्रवार विस्तारै घाम डुब्दै थियो साढे पाँच बजेको गोधुलीसाँझमा नेपथ्य हिरो अमृत गुरुङ पोलेन सुज रातो टिसर्ट र निलो जिन्सको क्याजुअल लुक्समा पर्वत महोत्सवको स्टेजमा झुल्किदा उनको प्रतिक्षामा बसेका सातहजार भन्दा बढि दर्शक एकै स्वरमा चिच्चाए…रेशम,
कुश्मामा जारी पर्वत महोत्सवको अवसरमा नेपाल अपाङ्ग उत्थान समितीको सहयोगार्थ पिवाईसी ग्रुपले आयोजना गरेको नेपथ्य लाईभ इन कन्सर्टमा नेपालको चर्चित सांगितिक समुह नेपथ्यका गायक अमृत गुरुङ्गले भर्खर जाडो सकिएर फागुनको गर्मीमा संगीत पारखीहरुलाई २ घण्टा तताए । स्टेजमा प्रवेशपछि केही बोल्दै नबोली मनाङ्गको मौलिक गीत नासै छोयावा मोनु ह्युवा ओ रिमै री…बैशाखै पूर्ण उद्यौली लाग्यो हिमाल काट्यो चरीले…। गाएर दर्शक उचालेका गुरुङ्गले दोस्रो गीत झिसमिसेमानै व्युझे गाउँदा दर्शकहरु त्ालमा ताल मिलाईरहेका थिए । आफूसहित ६ जनाको समुहमा स्टेजमा जमेका गुरुङ्गले कर्णपि्रय गीत आमा गाउँदागाउँदै एकैछिन विद्युत अवरुद्ध हुँदाभने तनावमा देखिएका थिए १० मिनेटको अवरुद्धपछि स्टेजमा आफै उप्रुी उप्रुी गाएको गीत आजभोली के भयो के भयो कस्ले कस्ले हो स्याट्ट यो मन चोर्यो गाउँदाभने दर्शकहरुले पनि उप्रुी उफ्री गुरुङ्गलाई साथ दिएका थिए । अधिकांश तन्नेरी पुस्ताको जमघट रहेको कन्सर्टमा पर्वतका अलावा बागलुङम्याग्दीपोखरा स्याङ्जा लगायतका स्थानबाट दर्शकहरुको उपस्थिती रहेको थियो । २ साताअघि मात्र काठमाण्डौंमा विश्वविख्यात गायक ब्रायन एडम्सले काठमाण्डौं तताएको समाचार पढेका तन्नेरीहरुले त्यसको झल्को मेटाईदिएको आभाष भएको प्रतिकि्रया दिएका थिए
No comments:
Post a Comment
kushmabajar.blogspot.com