कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्बत मा डेढ अर्बको बजेट पारित


लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको तेस्रो पर्वत जिल्ला परिषद् आइतवार सम्पन्न भएको छ । परिषदले आर्थिक वर्ष २०६८।६९का लागि १ अर्ब ४५ करोड ६२ लाख १२ हजार ९ सय ३५ रुपैयाको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्ला विकास समितिका स्थानीय बिकास अधिकारी नरहरी बरालले आर्थिक वर्ष २०६८।६९ को बजेट नीति बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । परिषद्को पर्वतका दुई निर्वाचन क्षेत्रवाट निर्वाचीत संविधानसभाका सभासद् अर्जुनप्रसाद जोशी र गुणाखर वस्यालले गर्नुभएको थियो ।
प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको तुलानामा १४ दशमलब ५६ प्रशितले कमी रहेको छ । प्रस्तावित कुल बजेटमध्ये चालु खर्चतर्फ २९ दशमलव ०४ प्रतिशत र पुँजीगत खर्च तर्फ ७० दशमवल ९६ वा १ अर्ब ३ करोड ३३ लाख ९८ हजार ३ सय ९५ रुपैया विनीयोजन गरिएको छ । पूर्वाधार तथा संरचनाकै लागि ६७ दशमलव ९६ प्रतिशत विनीयोजना गरिएको छ । जनसंख्या तथा सामाजिक विकास तर्फ २८ करोड १८ लाख ५५ हजार २ सय रुपैया बिनीयोजन गरिएको छ ।
त्यस्तै कृषि बन बातावरण र उद्योग विकास गैरसरकारी संस्था लगायतलाई समेत बजेट विनीयोजन गरिएको छ । आर्थिक वर्ष ०६८।६९का लागि जिल्ला विकास समितिको लागि ७७ करोड ४८ लाख ४१ हजार ५ सय आय व्यय बजेट प्रस्ताब गरिएको छ । जसमध्ये आन्तरीक श्रोतवाट १ करोड ७१ लाख ३० हजार र नेपाल सरकारबाट अनुदान ७५ करोड ७७ लाख ११ हजार ५ सय रहने जनाइएको छ । आर्थिक वर्ष ०६८।६९ मा चालु खर्चतर्फ १८ करोड ३६ लाख ९६ हजार ५ सय र पुँजीगत तर्फ ५९ करोड ११ लाख ४५ लहजार खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रममा जिल्लामा कि्रयाशिल ११ राजनैतिक दलका प्रमुखहरु विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सुरुक्षा निकाय संचारकर्मी गाउँस्तरीय संयन्त्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । आगामी बर्षको बजेटले लक्षित वर्गको उत्थानका निम्ती उल्ल्ोख्य भूमिका निर्वाह नगरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । दलित आदिवासी महिला गैरसरसरकारी संस्था तथा पत्रकार महासंघ पर्वतले बजेटमा आफ्ना माग तथा आवश्यककताहरु नसमेटीएको गुनासो उनीहरुले गरेका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माअेावादी पर्वतका इन्चार्ज नेत्र अधिकारी नेपाली कांग्रेसका सभापति लालकाजी गुरुङ्ग नेकपा एमालेका अध्यक्ष विकास लम्साल राष्ट्रिय जनमोर्चाका अध्यक्ष टेकवहादुर आले नेकपा एकीकृतका सचिव तेजेन्द्र पौडेल राप्रपाका अध्यक्ष रणवहादुर क्षेत्री राप्रपा नेपालका अध्यक्ष ठाकुरप्रसाद भुषाल लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी वेदवहादुर कार्की डोलीडार विभागका महानिर्देशक भुपेन्द्रवहादुर वस्नेत उद्योग वाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठ गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष देविप्रसाद तिमि_िल्सना नेपाल पत्रकार महासंघका सचिव सन्तोष थापा आदीवासी जनजाती महासंघका तुलवहादुर पुन उपेक्षीत उत्पीडित दलित जिल्ला समन्वय समितिका उपाध्यक्ष जितवहादुर नेपाली लोकतान्त्रिक महिला संजालका अध्यक्ष मिना कर्माचार्य लगायतले बोल्नुभएको थियो ।

1 comment:

  1. पर्बत को सबैतिर bikasko आबस्यकता छ , कुनै nischit बर्गको लागि मात्रै विकास चाहिएको भन्नु उचित हैन

    ReplyDelete

kushmabajar.blogspot.com