एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटराईले राम्रो काम गर्दा गर्दै पनि गल्ति देखाउन खोजिन्छ भने आफु त्यस्का बिरुद्धमा रेटिन तयार भएको बताउनु भएको छ ।
गृह जिल्ला गोरखाको जिल्ला परिषदमा आइतबार उदघाटन मन्तव्य व्यक्त गर्दै गोरखाका निर्वाचित सभाषद समेत रहेका भटराईले प्रमुख अतिथिमा माओवादी भित्रबाटनै आफूलाई रोक्ने प्रयास गरिएकोमा असन्तुष्टी गर्दै जनताका लागि काम गर्दा, यदि जनतामाझ जान नदिने षडयन्त्र हुन्छ भने म भिमसेन थापा बन्न तयार रहेको बताउनु भयो।
जिल्ला परिषदको उदघाटनका लागि माओवादी अध्यक्ष प्रचण्डले बाबुरामको सट्टा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बोलाउन लगाएपछि स्थानीय कार्यकर्ताको पहलमा जिल्ला परिषदमा सहभागी हुन पुग्नु भएको भट्टराईले सम्बोधनका क्रममा भन्नुभयो, "पार्टी भित्रकै नबमण्डलेहरुले आफुलाई जनतामा जान रोक्न खोजेकोले आफु रेटिन तयार रहेको तर जनतामा जान नछाड्ने बताउनुभयो । उहाले प्रश्नगर्नु भयो 'देशमा केही गर्न खोज्दा भीमसेन थापा सेरिएर मर्नु परेको थियो' जिल्लाका कांग्रेस एमालेले समेत आफ्नो राम्रो बिषयलाई राम्रो भन्न कञ्जुस्याँई नगरेको बताउदै भट्टराईले भन्नुभयो, 'के तपाईंहरु पनि बाबुराम त्यस्तै होस भन्ने चाहानुहुन्छ ?'
परिषदमा दाहाल पक्षले अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाउने निर्णय गरी भट्टराईलाई अतिथि मात्र बनाउने तयारी गरेको थियो । जिल्ला नेताले भट्टराईलाई परिषदमा प्रमुख अतिथि नबनाए परिषद् रोक्ने भनेपछि पूर्व निर्णय सच्याइ उहाँलाइनै प्रमुख अतिथि बनाईएको थियो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com