संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लिवियालाई उडान निषेधित क्षेत्र घोषणा गरे लगत्तै अन्तराष्ट्रिय सैन्य आक्रमण सुरु भएको छ । अमेरिका, बेलायत र फ्रान्सका सैनिकले संयुक्त रुपमा लिबियामाथि क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेका हुन् । राजधानी त्रिपोली, प्रमुख सहर मिस्राटा र आसपासका क्षेत्रमा १ सय १० भन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको छ । सुरुमा फ्रान्सले आक्रमण सुरु गरेपछि अमेरिकी र बेलायती सैनिकले आक्रमण गरेका थिए ।
लिबियाका २० सैनिक केन्द्रमा क्रुज क्षेप्यास्त्र मार्फत आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । आक्रमणबाट लिबियाली सैनिक केन्द्रका बख्तरबन्द, हतियार र भवनहरुमा क्षति भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसैबीच लिबियाली नेता कर्णेल मुआमार गद्दाफीले प्रत्याक्रमणका लागि आफ्ना हतियार भण्डारको साँचो नागरिकका लागि खुल्ला गरिएको बताएका छन् ।
औपनिवेशिक शक्तिका विरुद्ध तथा देशको एकता र गौरव रक्षा गर्न लिवियाली नागरिकलाई आवहान गरका छन् । गद्दाफीले भुमध्य सागर र उत्तर अफ्रिकी क्षेत्र युद्धस्थलमा परिणत भएको बताएका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com