नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले एमाले र माओवादीले गरेको सात बुँदे सहमति खारेज नभए सम्म काँग्रेस सरकारमा जाने विषयमा छलफल गर्न नसक्ने बताएका छन् ।
नेपाल भूतपूर्व सैनिक संघ बागलुङको चौथो जिल्ला अधिवेशन तथा जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणमा आएका सिंहले लोकतानित्रक मूल्य र मान्यतालाई लत्याएर सहमति गरेको आरोप समेत लगाए ।
सात बुँदे सहमति गरेको एमाले र माओवादीकै उच्चस्तरीय नेतालाई समेत थाहा नदिएर आँफूहरु मात्र सत्तामा रहने खेल दुइ दलका प्रमुखले रचेको सिंहको आरोप थियो । 'राष्ट्रिय सहमतिको सरकार नबने सम्म देशमा शान्ति प्रकृया र संविधानको कल्पना गर्न नसकिने थाहा भएर पनि उनीहरुले गठबन्धन गर्नु शान्ति प्रकृयाको बाधक बन्नु हो' सिंहले भने,'शान्ति प्रकृयाले पूर्णता पाएमा सत्ता केन्द्रीत राजनीतिमा हार व्यहोर्ने डरले माओवादीले सात बुँदे गरेको हो ।'
पार्टीको महाधिवेशनमा हार जीतको कारणले जिल्ला तहमा केही कार्यकर्तामा अझै तिक्तता रहेको भए तत्काल त्याग्न सिंहले कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । एक ढिका भएर पार्टी अगाडि बढ्ने र महाधिवेशनले गरेका निर्णयलाई गाउँ तहसम्म पुर्याउन सकेमा आगमी निर्वाचन काँग्रेसलाइ सहज हुने समेत उनले बताएका थिए ।
पूरानो पार्टी भएकै आधारमा आजभोलि आएका पार्टीले परंपरावादी भन्ने आरोप लगाउने गरेकोमा सिंहले आक्रोस पोखेका थिए । इतिहास भएका पार्टीलाई बुढो र पुरानो भन्नेले काँग्रेसको जस्तै लोकतान्त्रिक मान्यतामा रहेर पचासौं बर्ष राजनीति गर्न सक्नुपर्ने सुझाव दिएका थिए । प्रशिक्षणमा युवानेताहरु विश्वप्रकाश शर्मा र मोहन पोखरेलले सहजीकरण गर्ने पार्टी सभापति प्रकाश शर्मा पौडेलले बताए । प्रशिक्षणमा भाग लिन गाउँ तहका सयौं कार्यकर्ताहरु सदरमुकाममा भेला भएका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com