११ औ विश्व पानी दिवसका अवसरमा मंगलवार बागलुङमा र् याली तथा कोणसभा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा बागलुङको आयोजना तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङ सिवाइसी बागलुङ र फेड्वासन बागलुङको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
शहरका लागि पानी भन्ने नाराका साथ गुठीस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बागलुङको कार्यालयबाट शुरु भएको र् याली जिविसचोक लोकतान्त्रिक चोक र लालिगुराँसचोकमा कोणसभा सम्पन्न भएको थियो ।
जिविसचोकमा भएको कोणसभामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख माधव ओझा लोकतान्त्रिकचोकमा आयोजित कार्यक्रममा फेड्वासनका सल्लाहकार उद्धव भट्टराई र लालिगुराँसचोकमा आयोजित कार्यक्रममा शारदा भट्टराइले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको समापन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष प्रेमबहादुर केसीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
खानेपानी र सरसफाई जीवनको अधार प्रत्येक नागरिकको मौलिक अधिकार सुरक्षित पानी स्वास्थ्य जिन्दगानी पानीका मुहानहरु संरक्षण गरौ पानीको मुहान वरपर फोहोर नगरौ सुधारौ बानी पिउने गरौ सुरक्षित पानी खानेपानी सुद्धिकरण गरेर मात्र पिउने गरौ लगायतका नारा सहितको र् यालीले बजार परिक्रमा गरी लालिगुराँसचोकमा पुगेर सम्पन्न भएको थियो ।
-धौलाश्री बाट साभार
No comments:
Post a Comment
kushmabajar.blogspot.com