म्याग्दीको निस्कोट गाबिस वडानम्बर-१ सिरेदी निवासी खडानन्द सापकोटाको छोरा टेकनाथ सापकोटाको म्याग्दी खोलामा पौडी खेल्ने क्रममा मंगलबार डुबेर मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेहोस बनेका सापकोटालाई उद्धार गरी दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर् याएकोमा उपचारका क्रममा मृत्यु भएको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर विनोद पन्तले जानकारी दिनु भएको छ ।

जनपि्रय उच्च मावि दरवाङमा कक्षा ७ मा अध्ययनरत सापकोटालाई दरवाङ गाविस-१ का रमेश पुनले उद्धार गरेर स्वास्थ्य केन्द्रमा लैजानु भएको थियो ।
यसैबीच चैत १० गतेदेखि शुरु हुने एसएलसी परिक्षामा सहभागी हुन म्याग्दीको विमबाट दरवाङ तर्फ आउदै गरेकी एक छात्रा बाटोभन्दा माथिबाट आएको ढुंगा लागेर घाइते हुनु भएको छ ।
किसानी उच्च मावि विमबाट एसएलसी दिन दरवाङस्थित जनपि्रय उच्च मावितर्फ आउदै गरेकी दिलकुमारी शर्मा दरवाङ-१ को कमेरेभीरमा ढुंगाले लागेर घाइते हुनु भएको हो ।
शर्माको खुट्टामा चोट लागेको र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य केन्द्र प्रमुख डाक्टर विनोद पन्तले जानकारी दिनुभएको छ ।
घाइते शर्माको परिवारले उपचार पछि परिक्षा दिने वातावरण मिलाइ दिन सम्बन्धित पक्षसंग आग्रह गरेको दरवाङबाट सहकर्मी गोपाल रेग्मीले जनाउनु भएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com