कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मलेसियामा चार नेपाली पक्राउ


जोहोरको बातुपहातस्थित इन्टरमल्टी फर्नीचर कम्पनीमा कार्यरत चार नेपाली कामदार मंगलबार पक्राउ परेका छन् । सो कम्पनीमा कार्यरत धनकुटाका धन कुमार राई, सप्तरीका शिवलाल चौधरी, सुनसरीका धर्मराज निरौला र बुटवलका विष्णु पन्त मंगलबार पक्राउ परेका हुन् ।
कम्पनी व्यवस्थापनले उपलब्ध गराएको होस्टल अव्यवस्थित भएको र सम्झौताअनुरुप पाउनुपर्ने कतिपय सेवा-सुविधाहरु समेत कटौती गरेकाले काम बहिस्कार गरी होस्टलमा बसिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।
मलेसियाली प्रहरीद्धारा कम्पनी होस्टलबाटै मंगलबार साँझ करिब ७ बजेतिर पक्राउ परेका उनीहरुलाई नजीकैको प्रहरी कार्यलयमा लगिएको सोही कम्पनीमा कार्यरत दामोदर ढकालले बताए । उनका अनुसार, कम्पनी व्यवस्थापन पक्षले होस्टलमा ४० जनाको लागि एउटा ट्वाइलेटको मात्र व्यवस्था गरेको, सम्झौताअनुरुप तलब नदिएको र बत्ती तथा पानीको लागि लाग्ने खर्च तलबबाटै काटिएको भन्दै सो को विरोधमा नेपालीहरुले काममा नगइ विरोध जनाएका थिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com