कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

डेनमार्कमा नेपालीको संख्या घट्दो अवस्थामा


डेनमार्कमा नेपालीको संख्या घट्दो अवस्थामा छ । एक बर्षयता झण्डै आधा नेपाली घटेका नेपाली संस्थाहरुले जनाएका छन् ।
महंगो कलेज शुल्क, काम नपाइने, कडा शारीरिक परिश्रम, भाषाको कठिनाई लगायत कारणले डेनमार्क छोड्ने गरेका हुन् । डेनमार्कमा नेपालीको तथ्य तथ्यांक भने नेपाली दुतावास तथा नेपाली संस्थाहरुसंग छैन । तर, धेरै नेपालीहरुले डेनमार्क छोडीरहेका भने स्वीकार गर्छन् ।
गैर आवासिय नेपाली संघ (एनआरएन) डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाका अनुसार २ हजारको हाराहारिमा रहेका नेपालीको संख्या अहिले एघार सयको हाराहारिमा छ ।     
'एक बर्ष यता निकै नेपालीले डेनमार्क छोडे' सापकोटाले भने 'अझै नेपाली घट्ने सम्भावना छ ।' अधिकांश नेपाली विद्यार्थी भएका जनाउदै उनले डेनमार्क छोड्नुको मुख्य कारण महंगो कलेज शुल्क भएको बताए 

No comments:

Post a Comment

kushmabajar.blogspot.com