पर्वतको चुवा गाविसका कृषकहरुले उत्पादन गरेको दुध विकि्र वितरणका लागि गाउँमा नै संकलन केन्द्र स्थापना भएको छ । दैनिक जसो दुध बोकेर सदरमुकाममा ल्याउने गरेका कृषकहरु अहिले सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
सदरमुकाम कुश्माबजारबाट पाँच किलोमिटरको दुरीमा रहेको उक्त गाविसका कृषकहरुले अहिले गाउँमा नै उपयुक्त मुल्यमा आफ्नो दुध विकि्र वितरण गर्दै आएका छन् । मिर्मिरेमा नै दुधका ठेकी बोकेर सदरमुकाममा जाने गरेका कृषकहरु अहिले दुध संकलन केन्द्रमा धमाधम ल्याउने गरेको संकलन केन्द्रका साचालक विष्णु भुवाजीले बताउनुभयो ।
संकलन भएको दुधलाई सदरमुकाममा साचालित संगम डेरी उद्योगले खरिद गर्ने गरेको छ । डेरीले कृषकलाई प्रतिलिटर ४० रुपैंयाका दरले रकम उपलब्ध गराउँदै आएको संकलन केन्द्रका साचालक शेषकान्त पौडेलले जानकारी दिनुभयो । ुबजारमा पाउने मुल्य बराबरको रकम गाउँमा नै दिदै आएका छौंु उहाँले भन्नुभयो ुयसो गर्दा दुध एकै ठाउँमा जम्मा भएर बजारीकरण हुने गरेको छ ।ु
संकलन केन्द्रमा २५ देखि ३० जना कृषकले दैनिक रुपमा दुध ल्याउने गरेको र दैनिक ९० देखि १ सय लिटर दुध संकलन हुने पौडेलले बताउनुभयो । कृषकहरुलाई हरेक १५ दिनमा दुधको रकम उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । दुध उत्पादक कृषक जिवनाथ पोख्रेलले संकलन केन्द्र स्थापना भएपछि आफुहरुलाई दुध विकि्र वितरणमा सहज भएको बताउनुभयो । ुसदरमुकाममा दुध लैजाँदा अँधेरी रातमा नै उठेर काम धन्दा गर्नुपर्ने अवस्था थियोु उहाँले भन्नुभयो ुअहिले भने संकलन केन्द्रमा सजिलै ल्याउन सकिन्छ ।ु
गत बैशाख देखि दुध संकलन कार्य शुरु गरेको केन्द्रमा स्थानीय दलित परिवारहरुले समेत दुध ल्याउन उत्सुकता जनाएका छन् । विगतमा छुवाछुत प्रथा जारी रहेका बेला आफ्ना अन्य उपजहरु समेत बजारीकरण गर्न नसकेका दलित परिवार अहिले दुध विकि्र वितरणमा उत्सुक भएको केन्द्रका साचालक विष्णु भुवाजीले बताउनुभयो

No comments:
Post a Comment
kushmabajar.blogspot.com