कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जनकल्याण मा बि बाट तीन दिनकी सुत्केरीले परिक्षा दिदै

पर्बत जिल्लामा पनि अचम्म को कुरा आइराख्छान कुनै बेला एस एल सी दिने बेलामा क्रिया बस्ने व्यक्ति पनि हुन्छन त कहिले एस एल सी दिदा दिदै बच्चा पनि जन्माएका छन् |यो वर्ष पनि पर्बत जिल्लामा यस्तै भएको छ | बाच्छा गाबिस स्थित जनकल्याण मा बि बाट  तीन दिनकी सुत्केरीले परिक्षा दिएकी छिन् |उनि सोहि स्कूल मा पढ्दै आएकी बिद्यार्थी हुन् | गत साल को एस एल सी मा अनुतिर्ण भएपछि उनि यो साल को एस एल सी मा सुत्केरी अवस्था मा पनि परिक्षा मा सामेल भएकी छिन् |
      पर्बत मा परिक्षा  लाई मर्यादित र स्वच्छ बनाउन का लागि सम्पूर्ण अभिभाबक बिद्यार्थी र शिक्षक बीच मा राम्रो समन्वय भेटिएको छ | पर्बत जिल्लाका हरेक केन्द्र हरुमा सान्ति पूर्ण रुपमा परिक्षा भैराखेको जिल्ला शिक्षा कार्यालय पर्बत ले जनाएको छ परिक्षा मा चिट चोर्ने ,चोराउने र केन्द्र बाहिर बसेर हो हल्ला गर्नेको तस्बिर समेत खिचेर सार्बजनिक गरिने कुराले पर्बत मा शान्तिपूर्ण भैराखेको हुवास का एक बिद्यार्थी ले बताएका छन्  | जिल्ला का ८२ केन्द्र मा नियमित तर्फ ३ हरर ८ सय ५३ जना रहेको छन् जसमा नियमित तर्फ १७ सय २८ जना छात्रा र १५ सय ४४ जना छात्र रहेका छन् | त्यसै गरि एकजम्तेड तिर ५ सय ८० जना रहेका छन् |

No comments:

Post a Comment

kushmabajar.blogspot.com