कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

चिट चोराउँदै गर्दा पर्वत जिल्ला हुवास ९ का उमाकान्त भुर्तेल सहित तीन जनालाई पक्राऊ


श्रीकृष्ण सिग्देल 
प्रवेशिका परीक्षा अर्न्तर्गत आज भएको विज्ञान विषयको परीक्षामा चिट चोर्ने र चोराउने एक परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । स्याङ्जाको वालिङस्थित पूर्णमृत भवानी परीक्षा केन्द्रबाट चिट चोर्दै र चोराउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङ्ले पक्राऊ गरेको हो ।
चिट चोराउँदै गर्दा पक्राऊ पर्नेहरुमा पर्वत जिल्ला हुवास ९ का उमाकान्त भुर्तेल, स्याङ्जा तुल्सीभञ्ज्याङ ७ का हुमनाथ ढकाल रहेका छन् । चिट चोराउने भुट्तेल काठमाण्डौ स्थित बिष्णु देवी शिषा सदन माविका शिक्षक रहेको प्रहरीले बताएको छ । त्यसैगरि परीक्षा सुरु भएको आधा घण्टामै प्रश्नपत्र आउट गर्ने क्याक्मी ५ बस्ने खुल्ला विद्यालय तर्फा विद्यार्थी नन्दकुमार थापालाई परीक्षाबाटै निष्काशित गरिएको प्रहरीले जनाएको छ । पक्राऊ परेकाहरुलाई अनुसन्धान गरि शिक्षा ऐन बमोजिम कडा कारवाही गरिने प्रहरी निरिक्षक तपनकुमार दाहालले बताए ।
पुणमृत भवानी उच्च माविमा परिक्षा संचालन भएदेखीनै परिक्षा मयादित तवरले संचालन नभएको र्सवसाधरणले गुनासो गरेका छन् । परिक्षा मयादित बनाउन नसक्नु केन्द्राध्यक्षको कमजोरी भएको र्सवसाधरणले आरोप लगाएका छन् । स्याङ्जाका बिभिन्न ठाँउमा संचालन भएका परिक्षा भने शान्ततवरले संचालन भएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।
निष्काशित गरिएका परिक्षार्थीले बाकि परिक्षा पनि दिन नपाउने गरि रेष्टिगेट गरिएको केन्द्राध्यक्ष गोपालधन सुवेदीले बताए । उनी लगायत चिट चोराउन मद तगर्ने दुवै जनालाइ म्याद थप्ने तयारीमा प्रहरी लागेको समेत सुवेदीले बताए ।
उक्त परिक्षामा यस बर्षस्याङ्जामा नियमित तर्फसात हजार एक सय ४९ र एक्जाम्टेज तर्फनौ सय २७ गरि आठ हजार ७६ बिद्यार्थी सहभागि हुन लागेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जस मध्ये खुल्ला बिद्यालयको अवधारण मध्ये स्याङ्जामा एक मात्रै रहेको बिद्यालयमा अध्यन गरेका ४४ जना बिद्यार्थीले परिक्षा दिएका छन् ।
जिल्लामा एक सय १२ सामुदायीक, ३० संस्थागत, एक खुल्ला र एक प्राइभेट गरि एक सय ४२ बिद्यालयका बिद्यार्थी सहभागी हुदैछन् । गत बर्ष ३३ केन्द्र रहेपनि यस बर्षग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै नरोदय पिडीखोला र भुपु सैनिक शान्ति प्रिय माबि बायटारी ख दुर्इ केन्द्र थप गरिएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com