कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जापानमा रहेका नेपालीहरु सबै सकुशल


एनआरएन आईसीसीका अध्यक्ष देवमान हिराचनले एक प्रेस बिज्ञप्ती
जारी गर्दै आज जापानमा आएको महाभूकम्पबाट भएको धनजनको
क्षतिप्रति गहिरो दुख ब्यक्त गर्दै अहिलेसम्मको जानकारीअनुसार
 हालसम्म जापानमा रहेका नेपालीहरु सबै सकुशल रहेको र
 कुनै अप्रिय घटनामा नपरेको जानकारी गराउनुभएको छ ।
सञ्चार माध्यमहरुकाअनुसार जापानमा आज आएको
८.९ रेक्टर स्केलको महाभूकम्पबाट जापानको बिभिन्न
 ठाउँमा धनजनको क्षति भएकोमा गहिरो दुख ब्यक्त
 गर्दै हालसम्मको जानकारीअनुसार जापानमा रहेका नेपालीहरु
सबै सकुशल रहेको कुरा अध्यक्ष हिराचनले बताउनुभएको छ ।

बिज्ञप्तीमा भनिएको छ - भूकम्पको मुख्य केन्द्र विन्दु
राजधानी टोकियोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको र
 महाभूकम्प पछि आएको सुनामीमा कैयौं व्यक्तिहरु हराइरहेका
 छन् । सुनामीबाट धनजनको ठूलो क्षति भएको छ ।
अहिलेसम्म ४० जना व्यक्तिहरुको ज्यान गइसकेको कुरा
 विभिन्न सञ्चार माध्यमहरुले जनाईरहेका छन् ।

एनआरएन जापानका अध्यक्ष लालवहादुर केसीलगायत अन्य
 माध्यमहरुबाट प्राप्त जानकारीअनुसार अहिलेसम्म जापानमा
 रहेका नेपालीहरु सकुशल रहेको र कुनै अप्रिय घटनामा
नपरेको थाहा भएको छ । यद्यपि हामीले विभिन्न
 माध्यमबाट यहाँ रहनुभएको नेपालीहरुबारे जानकारी लिने
प्रयत्न गरिरहेको छौं । अहिले बिद्युतीय एवं अन्य
 सञ्चार सम्पर्कमासमेत असुबिधा उत्पन्न भएकोले सहजै
 जानकारी लिन असहज भईरहेको छ । थप जानकारी
 पाउँदा साथ खबर संप्रेषण गरिने छ ।

यसप्रकारको महाभूकम्पबाट भएको धनजनको क्षतिप्रति म
आफ्नो ब्यक्तिगत तथा गैह्र आवासीय नेपाली संघको
 तर्फबाट जापान सरकार लगायत सम्पूर्ण जापानका
 जनताहरुप्रति गहिरो दुःख एवं सहानुभूति प्रकट गर्दछु ।
साथै यस दुःखद घडीमा म ईश्वरसंग प्रार्थाना गर्दछु कि
यहाँ रहनुभएका सम्पूर्ण नागरिकहरुमा धैर्यधारण गर्ने शक्ति
प्राप्त होस् र सुरक्षित रहुन भन्ने कामना गर्दछु -
 अध्यक्ष हिराचनद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com