फेब्रुअरी २६, याउ मा तेइ, मोना हङकङको कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङ र पुन मगर समाज हङकङको संयुक्त पहलमा आर्थिक सहयोग संकलन गरी हङकङ डलर १२७,५२०/- (एक लाख सत्ताइस हजार पाँच सय बीस हङकङ डलर) एक अनौपचारिक कार्यक्रममा विनोद पुनका दाजु दिपक पुनलाई डम्मी चेकको साथ संकलित रकम र सहयोग दाताहरुको नामवली हस्तारण गरियो।


हङकङमा बस्दै आउनु भएको विनोद पुन ओखरबोट गा. बि. स. ३, म्याग्दीका हुन। QE Hospital हङकङमा उपचारको क्रममा उनको दुबै मृगौलाले काम गर्ने असफल भएको चिकित्सकले जानकारी दिए पछि अहिले टिचिङ हस्पितल नेपालमा उपचारको क्रममा छन्।
स्मरणरहोस् यस भन्दा पहिले मोना हङकङले मिन बहादुर पुन, धन कुमारी गर्बुजा, गीता पुन, कमला बिक, लिल बहादुर तिलिजा र सोम बहादुर बिकलाई मृगौला, मुटु, छाला आदि सम्बन्धि उपचारको लागि सहयोग गरेको थियो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com