कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ढोरपाटन एफ.एम अव बुर्तिबाङबाट प्रशारित हुने


राम सुवेदी
        बागलुङ÷सूचना र सञ्चारको विकास भइरहेको अवस्थामा बागलुङ जिल्लाको पश्चिमी केन्द्र मानिएको बुर्तिबाङ बजारबाट नव वर्ष २०६८ सँगै रेडियो ढोरपाटन एफएम प्रशारण हुने बताइएको छ।
हाल पश्चिममा सञ्चारको क्षेत्रमा बुर्तिबाङबाट गएको वर्षदेखि खबर पत्रिका बुर्तिबाङ साप्ताहिक निरँतर प्रकाशन भइरहेको र हालै मात्र दगातुमडाँडा गाविस स्थित खर्बाङ बजारबाट रेडियो सारथी एफ.एम १०७.४ मेगाहर्जको रुपमा सामूदायीक रेडियो प्रशारण हुन थालेको केही समय बित्न नपाउँदै बुर्तिबाङ बजारबाट पनि बुर्तिबाङबाट १०४.१ मेघाहर्जको ध्वनी तरङ्गमा ढोरपाटन एफ.एम गुञ्जाउने तयारी भईरहेको रेडियोका अध्यक्ष दोर्णकुमार कुँवरले जानकारी दिनु भएको छ।  गाउँ स्तरका जनताहरुलाई सुसुचित गराउने उद्धेश्यले सञ्चालनमा ल्याउन लागिएको ढोरपाटन एफ.एमले आगामी बैशाख १ गते देखि नै परिक्षण प्रसारण सुरु गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभएको हो ।
बुर्तिबाङ बजारबाट प्रशारण हुन लागेको उक्त एफ.एम बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, अर्घाखाँची लगायतका जिल्लाहरुमा सजिलै सुन्न सकिने बताइएको छ । रेडियोको टावर बुर्तिबाङको अर्नाकोटमा रहने र स्टेशन बुर्तिबाङ बजारमा रहने भएको छ। जिल्लामा २०६१ सालदेखि हाल सम्म धौलागिरी अञ्चलमा मात्रै ९ वटा एफ.एम स्टेसनहरु सञ्चालन भएका छन् । बागलुङको बुर्तिबाङबाट ढोरपाटन एफ. एम सञ्चालनमा आएपछि धौलागिरी अञ्चलमा एफ. एम रेडियोहरुको संख्या १० पुग्नेछ भने बुर्तिबाङमा स्थापना हुने ढोरपाटन एफएम यस वर्षकै कान्छो एफएम पनि हो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com