बेलयात सरकारले बिद्यार्थी भिषाका नियमहरुमा ब्यापक फेरबदल गरेको छ । जसअनुसार बिदेशी बिद्यार्थीको प्रायोजन गर्ने बेलायती कलेजहरुमाथि कडाई गरिने भएको छ भने डिग्री लेभलमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुले अहिले भन्दा आइएलटीएसमा बढी स्कोर ल्याउनुपर्ने छ ।
यस्तै बिश्वबिद्यालयमा अध्ययन गर्ने र सामुदायिक कलेजहरुले मात्र बिदेशी बिद्यार्थीलाई स्पोन्सर गर्न पाउनेछन् । सरकारी खर्चमा पढ्न जाने र निश्चीत पोष्ट ग्राजुएट बिद्यार्थीले मात्र डिपेन्डेन्ट भिसामा आफ्ना श्रीमान् वा श्रीमतिलाई बेलायत लैजान पाउने भएका छन् । यस्तै बिद्यार्थी भिषामा बेलयातमा बिताउने समयमा पनि सिमितता तोकिने भएको छ । ग्राजुएट बिद्यार्थीले अझै काम गर्न पाउने भएपनि 'टायर २' प्रणालीअन्तर्गत दक्ष काममात्र गर्न पाउनेछन् ।
युके बोर्डर एजेन्सीका क्षेत्रीय निर्देशक क्रिस डिक्सले यो परिवर्तनबाट बिद्यार्थी भिषाको दुरुपयोग गर्ने नेपाली बिद्यार्थी, संस्था तथा कन्सल्टेन्सीहरुका लागि खराव समाचार भएपनि दक्ष बिद्यार्थीको हित संरक्षण भएको बताउनुभयो । बिद्यार्थी भिषामा आफ्ना आश्रतिहरुलाई लगिरहेका नेपाली बिद्यार्थीहरुलाई सबैभन्दा बढी असर पर्ने छ । यस्तै प्रायोजन गर्ने कलेजहरुको मापदण्डमा पनि कडाई गरिएका कारण भिषा पाउन पनि नेपाली बिद्यार्थी कठिनाई हुने छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com