लोडसेडिङको समय सँगै धौलागिरिका चार जिल्लामा पटक पटक सञ्चार सेवा अबरुद्ध हुंदै आएको छ ।
धौलागिरीका पर्वत, बागलुङ ,म्याग्दी र मुस्ताङमा लोडसेडिङको समयमा सञ्चार सेवा अबरुद्ध हुने गरेको हो । पटक पटक सञ्चार सेवा अबरुद्ध हुने गरेपछि धौलागिरीबासी पीडित बन्दै गएका छन् ।
लोडसेडिङकैकारण बुधवार मध्यान्हदेखि धौलागिरिका ४ जिल्लाको मोवाइल र तारजडित फोनहरु अबरुद्ध बनेका छन् । जसले गर्दा सेवा ग्राही समस्यामा परेका हुन् ।
पर्वत, स्याङजा र कास्कीको सिमानामा पर्ने पञ्चासेस्थित नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आएपछि सञ्चारसेवा अबरुद्ध बनेको नेपाल दुर सञ्चार कार्यालय पर्वतले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com