माओवादी समर्थकले राजापुर मुढैयाका जग्गाधनीलाई कुटेका छन् । माओवादी कार्यकर्ताले बिहीबार जग्गाधनी जगतराम र मंगल थारूलाई कुटेर घाइते बनाएको इलाका प्रशासन राजापुरका प्रमुख धर्मराज न्यौपानेले जानकारी गराए । कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका थारूद्वयको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनका अनुसार माओवादी स्थानीय नेता मसालको नेतृत्वमा आएका कार्यकर्ताले थारूद्वयलाई जग्गा किन किनेको भन्दै कुटेका थिए ।
साताअघि माओवादी भ्रातृ संगठनले राजापुरको मुढैयामा करिब डेढ सय बिघा जग्गामा झन्डा गाडेर कब्जाको घोषणा गरेको ठाउँमा थारूमाथि आक्रमण भएको इलाका प्रशासनले जनाएको भूमिहीन किसानले जग्गा वर्षौंदेखि जोतभोग गर्दै आएको भन्दै बेचबिखन नगर्न जग्गाधनीलाई उर्दी जारी गर्दै आएका छन् । माओवादी जिल्ला सहइन्चार्ज कविरले आफ्ना कार्यकर्ताले कसैलाई नकुटेको दाबी गरे ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com