कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङमा एक सुत्केरी महिलाको अत्याधिक रक्तश्रावको कारण मृत्यु


बागलुङमा एक सुत्केरी महिलाको अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको छ ।  दुदिलाभाटी-६ की २८ वर्षीया हरीकला थापाको आज बिहान मृत्यु भएको हो। दोश्रो बच्चा जन्माएकी थापा सामान्य अवस्थामा बागलुङ अस्पतालमा सुत्केरी भएपनि अचानक रगत बग्न थालेपछि मृत्यु भएको जनाइएको छ। रगत बग्न थालेपछि अस्पतालले थप उपचारका लागि पोखरा पठाइएको र उनको बाटैमा मृत्यु भएको बताइएको छ । 
भारतीय सेनामा कार्यरत श्रीमान लोकबहादुर घरमा नभएपछि माइतमा बस्दै आएकी थापाबिहिवार सुत्केरी गराउन अस्पतालमा आएकी थिइन् । सामान्य अवस्थामा थापाले शिशुको जन्म दिएकोले थप उपचारका लागि अन्यत्र रिफर नगरेको अस्पतालका सिनियर अहेव रामप्रसाद खनालले बताए । थापाले जन्माएको शिशुको अवस्था भने सामान्य छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com