जापानमा शुक्रबार अपरान्ह गएको महाभूकम्पपछिको सुनामीमा कयौं हराइरहेका छन् । सुनामीले मानवीय र धनजनको व्यापक क्षति भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानको हङ्सुद्वीपमा स्थानीय समयअनुसार अपरान्ह पौने तीन बजे अपराहृनमा ८.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको कम्पन जापानको ओसाकासहित प्रशान्त माहासागर तटवर्ती क्षेत्र सबैमा महसूस गरिएको थियो ।
भूकम्पपछि आएको १० मिटरसम्मको विनाशकारी समुद्री छाल 'सुनामी'ले अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । टेलिभिजनहरुले सवारी साधन डुबिरहेको, आगो लागिरहेको र मानिसहरु भागाभाग गरिरहेको दृष्य देखाएका छन् ।
भूकम्पपछि घरमा आगलागी भइरहेको दृष्य टेलिभिजनहरुले प्रसारण गरिरहेका छन् । जापानका प्रधानमन्त्री नाओतो कानले विनासकारी सुनामी लगत्तै संकटकाल घोषणा गरेका छन् ।
भूकम्पपछि उत्तरपूर्वी क्षेत्रमा रहेका आणविक भट्टी भने सुरक्षित छन् । उद्दारकर्ताहरुले उद्दारकार्य सुरु गरेको बीबीसीले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com