कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

चितवनको विरेन्द्रनगरका तीन छात्र तीन दिनदेखि सम्पर्क विहीन


चितवनको विरेन्द्रनगरका तीन छात्र तीन दिनदेखि सम्पर्क विहीन भएका छन । विद्यालय जान हिडेका बिद्यार्थीहरु हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु स्थानीय साकुरा एकेडेमी विरेन्द्रनगरमा कक्षा ३ र ४ मा अध्ययन गर्थे ।
बिद्यालय हिडेका १२ बर्षीय सुनील अधिकारी, ११ बर्षीय सञ्जीव गौतम र १० वर्षीय किरण राई सम्पर्क बिहीन बनेको विद्यालयका प्राचार्य रामकृष्ण पन्तले जनाकारी दिए । उनीहरु विद्यालय पोशाकमै हराएको अभिभावकले बताएका छन् । हराएका अधिकारी र गौतम ४ र राई कक्षा ३ मा अध्ययन गर्छन् ।
नवलपरासीको गैडकोटस्थित सरसस्वती बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा करुणा घिमिरे विगत ४ दिनदेखि सम्पर्क विहीन भएपछि अभिभावक चिन्तीत बनेका छन । छात्रा हराएको बारे बिद्यालयले आज दिउसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको थियो । तर अविभावकको अनुरोधपछि सम्मेलन सारिएको बिद्यालयले जनाएको छ ।

लिविया वोर्डरमा ३२ जना नेपाली बीच बाटोमा लुटिए

लिवियाको राजधानी त्रिपोलीबाट बसमा ट्युनिसिया बोर्डर रास अजदिर पुगेका ३२ जना नेपाली बीच बाटोमा लुटिएका छन्। दुई भिन्दाभिन्दै समुहमा बिहीबार ट्युनिसिया बोर्डर तर्फ हिडेका उनीहरु बीचैमा लुटिएका हुन्। लुटिनेमा एउटा समुह २० र अर्को समुहमा १२ जना रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ। ‘ट्युनिसिया बोर्डर पुगेका ३२ जना नेपालीले आँफु लुटिएको जानकारी हामीलाई गराएका छन्,’ कायरोस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थ अर्यालले टेलिफोनमा स्रोतसँग भने, ‘लुट्ने आन्दोलनकारी हुन या गद्दाफी समर्थक उनीहरुले पहिचान गर्न नसकेको बताए।’ सरकारले बुधबार लिविया भित्र रहेका नेपालीलाई इजिप्ट र ट्युनिसिया मध्ये पाइक पर्ने एक देशको वोर्डरमा एकत्रित हुन आग्रह गरेको थियो

मणिपाल शिक्षण अस्पतालका एक कर्मचारीले आधा करोड रुपैयाँ लिएर फरार

पोखराको फूलवारीस्थित मणिपाल शिक्षण अस्पतालका एक कर्मचारीले विद्यार्थीको शिक्षण शुल्कबाट सङ्कलित झण्डै आधा करोड रुपैयाँ लिएर फरार भएका छन् । सम्बन्धित विद्यार्थी र तिनका अभिभावकले स्कूल अफ नर्सिङ्ग कार्यक्रमको अफिस एसिष्टेण्ट सुनिल शर्मा पौडेलले विद्यार्थीबाट सङ्कलित शुल्क खातामा नचढाई आफूले लिएर फरार भएको आरोप लगाएका हुन् । प्रमाणपत्र तहको नर्सिङ्ग दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरुका २७ जना अभिभावकले संयुक्तरुपमा हस्ताक्षर सङ्कलन गरी पौडेलको तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग गरेका छन् । विद्यार्थी दीक्षा जिसीका दाजु सविन जिसीले आफूले बहिनीको शुल्क नियमितरुपमा बुझाउदैआएकामा रकम पौडेलले खातामा नचढाई रकम हिनामिना गरेको दाबी गर्नुभयो । मणिपाल कलेजले विद्यार्थीलाई शुल्क बुझाउनका लागि सूचना जारी गरेपछि अधिकांश विद्यार्थीहरुले आफूले शुल्क तिरेको कलेज प्रशासनसाग प्रमाण देखाएपछि रहस्य खुलेको हो । एकजना अभिभावकले रु दुईलाख रुपैयाँसम्म शुल्कवापत् रकम बुझाएका छन् । यसरी हेर्दा कूल रु ३७ लाखसम्म हिनामिना सम्बन्धित अभिभावकहरुले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कलेज प्रशासनले भने केही दिनभित्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने जनाएको छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com