बागलुङ नगरपालिका लाई छुवाछुत मुक्त नगर घोषणा गरिएको छ । दलित अधिकारकर्मी, अन्तरपार्टी दलित संजाल र उत्पीडित दलित समूदायको संजालले संयुक्त रुपमा बागलुङ नगरलाई छुवाछुत मुक्त नगर घोषणा गरिएको हो । नगरभित्र व्यवहारिक रुपमा छुवाछुतको कुनै पनि अवशेष बा“की नराख्ने भन्दै उनीहरुले नगरलाई मुक्त क्षेत्र घोषणा गरेका हुन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष विजुलकुमार विश्वकर्माले बिषेश उपस्थितिमा नगरलाई छुवाछुत मुक्त नगर घोषणा गरिएको हो । २०२० सालमा राष्ट्रनै छुवाछुत मुक्त भएपनि राज्यका नीति कार्यान्वयन गर्ने निकायहरु फितलो हुँदा भेदभाव नहटेकोले यसलाई बागलुङमा लागु गर्न नगरपालिका भित्र छुवाछुट मुक्त घोषणा गरिएको संजालहरुले बताएका छन ।
नीतिगत रुपमा मुक्त राष्ट्र भएपनि व्यवहारिक रुपमा नहट्नुमा चेतना र शिक्षाको अभाव मुख्य रहेको पाइएको छ । घोषणा सभामा अन्तरजातीय विवाह गर्ने जोडी र दलित आन्दोलनका अगुवाहरु पदमसिंह विक, पार्वती बोहरा, गम्भिर सिंह विक लगायतलाई सम्मान गरिएको थियो । दलित कार्यकर्ताहरुले ‘ब्राम्हणबादी संस्कृतिको विरोध गर्दै देशैभरी व्यवहारिक रुपमा छुवाछुत मुक्त बनाउनु पर्ने माग गरेका थिए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com