कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

क्षमता अधिवृद्धि सम्बन्धी २ दिने तालिम सम्पन्न


पर्वत जिल्लाका विभिन्न गाविसमा सरोकारवालाहरुको क्षमता अधिवृद्धि सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । जिल्ला विकास समिति पर्वतको आयोजना स्थानीय शासन सामुदायिक विकास कार्यक्रम अन्तरगत गाउँ विकास योजना तथा छनौट निर्माण कार्यान्वयनका सम्बन्धमा गाविसका सरोकारवालाहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
पर्वत जिल्लाको ठुलीपोखरी खौला लाँकुरी भंगरा र थापाठाना गाविसमा सम्पन्न तालिमको स्थानीय शासन सामुदायिक विकास कार्यक्रमका सहजकर्ता हिरालाल रेग्मी र योगेन्द्र रिजालले सहजीकरण गर्नु भएको थियो ।
तालिममा गाउँ विकास योजना तथा बजेट तर्जुमासंग सम्बन्धित विविध विषय वस्तुमा सहजीकरण गरिएको र तालिम जिल्लाका सबै गाविसमा साचालन गरिने प्रशिक्षक हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
बाट: धौलाश्री 

No comments:

Post a Comment

kushmabajar.blogspot.com