कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

भिरबाट लडेर आमाछोराको मुत्यु


नारायण प्रभात मरासिनी
गुल्मी चैत्र २७,गुल्मीको जैसिथोक गाविसमा आज विहान भिरबाट लडेर आमा छोराको मुतयु भएको छ । जैसिथोक गाविस वार्ड नम्बर ९ गोपे निवासी जिवराज खत्रीकी श्रीमती ३९ बर्षिय पावती खत्री र करिव ३ बर्षिय छोरा नवराज खत्रीको भिरबाट लडेर मुत्यु भएको स्थानीय पमलाल मरासिनीले जानकारी दिनुभएको छ । आज विहान करिव ८ बजेको समयमा छोरा बोकेर चुदारी पाखा गाउँ तर्फ जादै गर्दा रागेढुङ्गा भिरबाट लडेर मुत्यु भएको हो । करिव २ सय मिटर तल भिरा भन्ने गोरेटो बाटोमा मुत्य अवस्थामा भेटिएका सिमहाघाट निवासी पमलाल मरासिनीले जानकारी दिनुभएको हो । उहाँका श्रीमान हाल सउदी अरवमा रहेको बताइएको छ । स्मरण रहोस सात बर्ष अघि उहाँकी सासुको पनि सोही भिरबाट लडेर मुत्यु भएको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com