पश्चिमाञ्चलको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैत्राष्टमी मेलाको पुर्वसन्ध्यामा दर्शनार्थीहरुको घुइ“चो लागेको छ । हरेक चैते दशैको अष्ठमी र नवमीका दिन विशेष पुजाआज हुने यस मन्दिरमा चैत्राष्टमीको पुर्वसन्ध्यामा शनिवारदेखिनै दर्शनार्थीको घुइचो लागेको हो ।
सबैजसो वर्ष चैतेदशैमा लाग्ने पुजाआजाका लागि देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि दर्शनार्थी आउने भएकाले यस अवसरमा मन्दिरमा भिड लाग्ने गरेको छ । यस अवसमा मन्दिरको भित्रै गएर पुजाआजा गर्नाले मनले चिताएको पुग्ने जनविश्वासका कारण दर्शनार्थीहरु भीडभाडका साथ घण्टौ लाइनमा बसेर मन्दिरमा पुजाआज गरिरहेका छन् ।
मन्दिरमा हरेक मंगलवार र शनिवार पनि पुजाआजा हुने भएकाले चैत्राष्टमीको पुर्वसन्ध्यामा शनिवार दर्शनार्थीहरुको बढी भिड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार मन्दिरमा हजारौं दर्शनार्थीहरुले पुजाआज गरेको बताएको छ । दर्शनार्थीहरुलाई सहज तरिकाले पुजाआजा गर्ने व्यवस्था मिलाउनका लागि स्वयमसेवक, प्रहरी खटाएर लाइनलाई व्यवस्थित गर्ने काम भईरहेको छ । भने सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरी सक्रिय रहेको छ । यता प्रहरीले मन्दिरमा कुनैपनि अप्रिय घटना नहोस भन्ने उद्देश्यले सई चित्रबहादुर केसीको कमाण्डमा प्रहरी टोलीलाई खटाएको छ ।
यसैबीच, मन्दिरमा दर्शनमा आएकी एक महिलाको सिक्री चोरी भएको भन्दै केही समय हल्ला खल्ला भएको थियो । लाईनमा बसेकी एक महिलाको सिक्री खोसेर कोही मधेसी मुलुका व्यक्ति भागेको भन्ने हल्ला चलेपछि प्रहरीले आफ्नो सक्रियतालाई बढाएको छ । प्रहरीका अनुसार सिक्री चोरिएको जानकारी आएपनि आधिकारीक रुपमा प्रहरीमा कोही केसैले उजुरी दिएका छैनन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com