पर्बत जिल्ला मा यो बर्ष को एस एल सी परिक्षा शान्ति पूर्ण तरिकाले नै समापन भएको छ |परिक्षा सुरु भएदेखि पर्बत जिल्लामा जम्मा तिन जनालाई पक्राउ गरेको छ । जिल्लाको पिपलटारी गाविसमा रहेको पुर्णेश्वर उच्च मावि परिक्षा केन्द्र परिसरबाट पकुवा गाविस १ का सन्दीप नेपाली सुर्य नेपाली र ठूलिपोखरी ६ का शिव नेपाली पक्राउ परेका हुन् ।
उनीहरुले परिक्षाको समय सकिएपछि परिक्षार्थीहरु निस्किने क्रममा भिडभाड गरेपछि ठूलै तनाव मच्चिएको थियो । विद्यार्थीहरुको भाग दौड मच्चिएपछि संलग्न ३ युवालाई शसस्त्र प्रहरी बल चण्डिका गणको सुरक्षाकर्मी टोली नियन्त्रणमा लिएको थियो । शसस्त्रले पक्राउ परेका तीनै जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको छ ।
एसएलसी साचालनका क्रममा अन्तिम दिनसम्म जिल्लाका कुनै पनि केन्द्रमा अराजक गतिविधि नभएको र एसएलसी साचालनका क्रममा भएको उक्त घटना नै पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com