फुटको संघारमा पुगेको माओवादीलाई नफुटाउन युवा नेताहरुले पार्टी नेतृत्वलाई दवाव दिएका छन् ।
स्थायी समितिको बैठक भइरहेकै बेला शुक्रबार अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, कल्पना धमलालगायत करिव एक सय जनाको संख्यामा आएका युवा नेता कार्यकर्ताहरुले पार्टी नफुटाउन दवाव दिएका हुन् ।
उनीहरुले हजारौं ब्यक्तिले रगत बगाएर बनाएको पार्टीलाई फटाउन नपाइने बताएका थिए । उनीहरुले पार्टीमा बैचारिक संघर्षलाई स्वीकार गरिए पनि पार्टी फुटाउने कार्य स्वीकार्य नहुने चेतावनी दिएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराईबीचको त्रिकोणात्मक द्वन्दका कारण माओवादी फुटाको संघारमा पुगेको छ । नेताहरुको फुटकै नतिजा स्वरुप मजदुर संगठन तीन वटा बनेको छभने अन्य भातृ संगठनहरुमा पनि समस्या देखा पर्न थालेको छ ।
सरकारमा जाने मन्त्रीहरुको नामावलीको टुङ्गो लगाउने तथा मजदुर संगठनमा देखिएको विवाद अन्त्य गर्नका लागि शुक्रबार माओवादीको स्थायी समितिको बैठक बसीरहेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com