कपिलवस्तुमा आज दिउँसो भिषण आगलागीहुदा एकको मृत्यु भएको छ भने ९० घर जलेर नष्ट भाएको छ । कपिलवस्तुको बहादुरगंन्ज ३ मा आज दिउँसो करिव ३ वजेतिर आगलागी भएको वताइएको छ । मृत्यु हुनेमा स्थानियबासी रहिमुन निसाको मृत्यु भएको वताइएको छ । आगो नियन्त्रणका लागि पहल भए पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन हावा हुरीका कारण आगलागी फैलीएको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुलीको खैरेनीटारमा आगलागी दुई घर जलेर नष्ट भएको छ । कमलामाई नगरपालिका ७ का मिश्रा खड्काको घरमा आगलागी हुदा १० लाख नगद अडाई तोला सुन अन्न पात लत्तकपडा जलेर नष्ट भएको हो । आज दिउँसो २ बजे गोठबाट सल्किएको आगो घरसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालयबाट सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणका लागि घटना स्थलमा पुगेको छ ।
त्यस्तै सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा गए राती भिषण अगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन्। सल्लेरीको मध्यबजारमा रहेको शान्ति रेष्टुरेण्टबाट राती सवा दश बजेतिर सुरु भएको आगलागीका कारण २० करोड भन्दा बढीको क्षति भएको छ। आगो निभाउनका लागि उद्दारमा खटिएका ५ सुरक्षाकर्मी सहित ९ घाइते भएका छन्। घाइते हुनेमा नेपाली सेनाका ४, नेपाल प्रहरीका २ र ३ जना स्थानीय छन्। आगो निभाउने क्रममा घाइते भएका सुरक्षाकर्मी र भागदौडमा घाइते भएका स्थानीयबासीको जिल्ला अस्पताल फाप्लुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापतिले जानकारी दिए।

No comments:
Post a Comment
kushmabajar.blogspot.com