कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बन्दकर्ताको ढुंगामुढापछि ट्रक पल्टियो


विराटनगर , चैत्र २५ - बन्द अवज्ञा गर्दै चलाएको भन्दै थरुहट स्वायत्त राज्य परिषदका कार्यकर्ताले शुक्रबार अपरान्ह ढुंगामुढा गर्दा सुनसरीमा एउटा मालबाहक ट्रक पल्टिएको छ ।
ट्रक पल्टँदा सहचालक घाइते भएका छन् । सुनसरीको इनरुवा-झुम्का सडक खण्डमा पर्ने घोपाली चोकनजिक गइरहेको ना ४ ख ४१० नम्बर ट्रकलाई बन्दकर्ताले रोक्न खोजेका थिए ।
ट्रक नरोकिएपछि उनीहरुले ढुंगामुढा प्रहार गरेका थिए । त्यसक्रममा अनियन्त्रित भइ ट्रक पल्टेको थियो । पल्टँदा जुसलगायत उपभोग्य वस्तु छरपष्ट भएको थियो

No comments:

Post a Comment

kushmabajar.blogspot.com