कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

निशीभूजी जनता बहुमुखी क्याम्पसलाई १५ लाख आर्थिक सहयोग


राम सुवेदी
बुर्तिबाङ/ शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयले पूर्वाधार विकासको लागि निशीभूजी जनता बहुमुखी क्याम्पसलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । ३ वर्ष सम्मको लगातार प्रयासबाट सो रकम उपलब्ध हुने भएपछि भवन निमार्ण गरिने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यलयको सिफारिस र पिछडिएकको क्षेत्र एवं द्धन्द्धका कारण भौतिक संरचना निमार्ण गर्न नससिएको आधारमा सो रकम क्याम्पसले पाउने भएको हो । मन्त्रालयबाट विनियोजित बजेट जिल्ला प्राविधिक कार्यलय बागलुङमा आइसकेको क्याम्पस प्रमुख ऋषिराम शर्माले बताएका छन् । लगत्तै भवन निर्माण गर्ने भएपछि क्याम्पसको छुट्टै भवन हुने भएको छ । प्राविधिक भएर हेरेपछि उपभोक्ता समिति बनाई १ हत्ता भित्रै निर्माण थाल्छौ । मैले साचालक समितिसँग छलफल अगाडी बढाएको छु । क्याम्पस प्रमुख शर्माले भने । क्याम्पसको आफ्नै पूर्वाधार नभएकोले उत्तरगंगा उ।मा।वि। सँग समन्वय गरी विद्यालयको भवनमा रात्री सत्रमा स्नातकका कक्षाहरु साचालन गरिदै आएको छ । यसैत्रिच क्याम्पसले दिगो रुपमा प्राज्ञिक उन्नयको लागि ३ करोड बराबरको अक्षयकोष स्थापनाको लागि अभियान साचालन गरेको छ । अभियानको लागि झण्डै ३० लाख भन्दा बढीको प्रतिवद्धता आईसकेको क्याम्पसले जानकारी दिएको छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com