शोभा शर्मा
म्याग्दी(बेनी)
एकीकृत नेकपा माओबादीले हालै सार्वजनिक गरिएको जनस्वयम् सेवकलाई म्याग्दी जिल्लाको ४१ ओटै गाविसमा विस्तार गर्ने बताएको छ ।
१६ र १७ गते जिल्ला समिति सचिवालय बैठकको निर्णय सार्वजनिक गनै सदरमुकाम बेनीमा माओबादी म्याग्दीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वाइसिएल नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् मगरात राज्य समिति संयोजक धुव्र घिमिरेले वाइसिएल र जनस्वयम्सेवकले ग्रामिण क्षेत्रका बासिन्दामा नयाँ उत्साह जगाउने दावी समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा फागुन ३ गते म्याग्दीको बाबियाचौर –३ खुम्लियामा भएको चोरी घटनामा नेकपा एमाले र प्रहरी नायव उपरिक्षक नवराज भट्टले आफ्ना जिल्ला सचिव लालु किसानलाई फसाएको आरोप लगाउँदै आरोपको पुन खण्डन गरेको छ ।
सो सम्मेलनमा पत्रकारहरूको प्रश्नमा जिल्ला नेता रेशम जुक्जालीले चोरी घटनामा अहिले अन्य पार्टीले एमालेको साथ छोडेकाले नेकपा एमाले र प्रहरी नायव उपरिक्षक नवराज भट्ट विच नै आफँु केन्द्रित भइरहेको समेत बताएका थिए ।
८ बुदे पार्टीको निर्णय सार्वजनिक गरिएको सो पत्रकार सम्मेलनमा एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य बाबुराम नेपाली, वाइसिएल नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् मगरात राज्य समिति संयोजक धुव्र घिमिरे, जिल्ला सहइन्चार्ज देवराज सुबेदी, जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com