पर्वत, चैत्र २६
विमल खतिवडा
एमाले महासचिव ईश्वर पोखरेलले माओवादीसँगको समीकरण टुट्न सक्ने बताएका छन् ।
'अहिले सम्म हामी सहमति र सहकार्यलाई आत्मसात गर्दै आएका छौं,' पोखरेलले भने, 'त्यही भएर माओवादी सहमतिमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन लचिलो बन्दैन भने उसँगको समीकरण टुट्न सक्छ ।'
मोआवादीले अझैपनि बन्दुकको छाँयांमा संविधान निर्माण गर्न लागी परेकाले त्यस्तो कार्यले शान्ति प्रक्रिया खतरामा पर्ने तर्फ उनले सचेत गराए । माओवादीले हतियार, द्वन्द्वका समयमा कब्जा गरिएका घर जगा फिर्ता नगरे सम्म शान्ति प्रकि्रया टुंगोमा नपुग्ने पोखरेलको तर्क थियो ।
एमाले पर्वतको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रमको शनिवार उदघाटन गर्दै पोखरलले सहमति र सहकार्यको विकल्प नभएको बताए । 'अहिले संविधान निर्माणको कार्यलाई निष्कर्षमा पुर्याउनुछ छ, 'उनले भने, 'त्यही भएर सबैदल मिल्नुको विकल्प छैन ।'
उनले सरकारले चाँडै पूर्णता पाउने र कांग्रेससहितका मधेशवादी दल पनि सकारका सामेल हुने खुलासा गरे । 'कुनै एक दल सरकार बाहिर बसेर अर्थ छैन,' पोखरेलले भने, 'त्यही भएर सबैदलले सहकार्य गरी शान्ति प्रक्रियालाई पूर्णता दिन लागी पर्नु पर्छ ।'
'झलनाथ खनाल लिगलगि कोटमा दौडेर राजा छानिए झै प्रधानमन्त्री बनेका होइनन्,' उनले प्रधानमन्त्रीको बचाउ गर्दै भने, 'बहुमतले खनाल प्रधानमन्त्री बनेका हुन्, त्यसैले कसैले रिसराग गर्नुको औचित्य छैन ।'
No comments:
Post a Comment
kushmabajar.blogspot.com