दील श्रीस बागलुङ
बालबालिकाको विषयमा समाचार संकलन, लेखन, सम्पादन र बालबालिका सम्बन्धी ऐन कानुनको बारेमा पत्रकारहरुलाई जानकारी दिने उद्देश्यले बुटवलमा आयोजना गरिएको ३ दिने प्रशिक्षणमा सहभागी बागलुङका ६ पत्रकार जिल्ला फर्केका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजना र सेभ द चिल्ड्रेन नर्वेको सहयोगमा भएको तालिममा सहभागी नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष एवं धौलागिरि एफएमका सम्पादक रामबहादुर जिसी, ढोरपाटन दैनिकका सहसम्पादक रामकृष्ण बोहरा, सयपत्रि एफ एमका सम्पादक प्रकटकुमार शिशिर, धौलागिरी जागरण दैनिकका सह सम्पादक भाषा शर्मा, मुक्ति क्षेत्र दैनिकका सह सम्पादक नरेश कँडेल र बागलुङ एफएमका सुवास कँडेल जिल्ला फर्केका हुन् ।
तालिम समापनका अवसरमा बोल्दै पत्रकारहरुले बालबालिकामा हुने श्रम र यौन शोषणका घटनाहरु बढी देखिएकाले त्यसको न्यूनिकरणको पक्षमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै सहजकर्ता कपिल काफ्लेले पत्रकारले बालबालिकालाई नराम्रो प्रभाव पर्ने खालका समाचार भन्दा पनि समृद्धि र शान्तिको पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष रामबहादुर जिसीले नेपालमा बालश्रम बढ्दै गईरहेकाले यसको न्यूनिकरणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिममा पश्चिमाञ्चल विकास क्षेत्रका ४ जिल्ला बागलुङ, रुपन्देही, प्युठान र नवलपरासीका करिब तीन दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com