चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ २६, चैत्र
जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले जिल्लाका १६ ओटै गाविसमा फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई तिब्रता दिएको छ ।
जोमसोम गाबिसको जोमसोम तथा ठिनी गाउँ, मार्फा गाबिसको स्याङ र मार्फा गाउमा, टुकुचे गाबिसको टुकुचेगरि पाच स्थानमा पहिलो चरण फोटो सहितको मतदाता नामाबली सकलनका लागि शुक्रबार देखि फोटो खिचाउने कार्य भै रहेको जिल्ला निवाचन कार्यालय, मुस्ताङका प्रमुख ज्ञानबहादुर बानीयाले जानकारी दिनुभयो । १८ वर्ष उमेर पुगेका नागरीकको चोर र बुढी औलाको औठा छाप र फोटो सहितको मतदाता नामावली संकलन गरिएको छ ।
यसैगरी १६ वर्ष उमेर पुगेका नागरीकको राष्ट्रिय परिचय पत्र बनाउनका लागि कार्य एक साथ थालीएको कार्यालयले जनाएको छ । गाउँ गाउँमा मतदाता नामावली दर्ता स्थल सञ्चालन गरि कम्प्युटरमा वेभ क्याम मार्फत सर्वसाधारणको फोटो र पुरा विवरण सहितको नामावली संकलन गर्न लागिएको हो । फोटो खिचाउन नजिकका केन्द्रहरुमा प्राय बुढाबुडी र महिलाहरु नगरिकता र सम्पुर्ण बिवरण भरिएको फारम लिई लामबद्ध भएर आफ्नो पालो कुरेर बसेको थिए । आगामी निर्वाचनमा मतदाताले कम्प्युटर मार्फत लिपिबद्ध सोही फोटो सहितको नामावलीको आधारमा मतदान गर्न पाउनेछन् ।
फोटो सहीतको नामाबली सकलन कार्यमा कम्प्युटर अपरेटर, बिभिन्न कार्यालयका कर्मचारी, ं(स्थानिय बिद्यालयका शिक्षकहरुलाई सहभागी गराईएको छ । तल्लो मुस्तााङका कोवाङ, लेते र कुञ्जो गाबिसका मतदाताको नामाबली सकलन पछि टोली उपल्लो मुस्ताङका गाबिसहरुमा लाग्ने बताइएको छ । बैशाख मसान्त भित्र मुस्ताङका १६ बटै गाबिसमा टोली पुगेर फोटो सहितको मतदाता नामाबलि सकलन कार्य सम्पन्न गर्ने कार्यालय प्रमुख बानीयाले बताउनु भयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com