कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीमा गहुँको उत्पादन बढ्ने


हरिकृष्ण गौतम
म्याग्दीका बिभिन्न गाउँहरूमा यो वर्ष हिउँदे प्रमुख बालीका रुपमा रहेको गहुँको उत्पादन बढ्ने सङ्केत देखापरेको छ ।
गहुँ छर्ने सिजन, कार्तिक र मंसिर महिनाभरि गहुँ उत्पादन हुने क्षेत्रहरूमा प्रयाप्त वर्षा नभएतापनि, फल लाग्ने समयमा मौषमा अनुकुलता देखापरेपछि गतवर्षको वर्षको भन्दा यो वर्ष उत्पादन बढ्ने सङ्केत देखापरेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ ।
जिल्लाका ग्रामिण क्षेत्रका गाउँमा बसोबास गर्नेहरू शहरतिर बसाइ सर्न थालेपछि  गहुँको खेती गर्नेहरू घट्दै गएको भएपनि लगाइएको बाली भने निकै राम्रो देखिएको कृषिविकास कार्यालयका बागबानी अधिकृत बेदप्रकाश पौडेलले जानकारी दिनुभयो । सुक्का भएका क्षेत्रमा सिंचाइ सुविधा नहुदाँ पाखो बारीमा उत्पादन हुने गहुँमा केही कमी आएपनि सम्रग जिल्लाको अवस्था सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।
म्याग्दीमा अधिकांस जनजातीको बस्ती भएकोले गहुँ खाद्य बस्तुमा भन्दा जाँडरक्सी उत्पादन जस्ता अखाद्य बस्तुका लागि बढि प्रयोग हुनेभएकोले त्यस्ता उत्पादनलाई रोक्न सकेमा म्याग्दीको खाद्यान्न आपुर्तीमा गहुँले समेत ठुलो भुमिका खेल्नसक्ने कृषि कार्यालयको अनुमान छ ।
म्याग्दीका चिमखोला, राखुभगवती, बाबियाचौर, रत्नेचौर, रुम, ताकम, बिम, मराङ, गुर्जा लगायतका तिनदर्जनभन्दा बढि गाविसहरूमा गहुँको खेती हुँदैआइरहेको भएपनि पछिल्ला वर्षहरूमा युवायुवतीको बैदेशिक मोहका कारण कतिपय गाउँका खेतबारी बाँझै रहन थालेका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com