कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतमा दश करोड सामाजिक सुरक्षा भत्ता वितरण


पर्वत चैत २७ । पर्वत जिल्लमा आर्थिक वर्ष ०६७/६८ मा सामाजिक सुरक्षा भत्ता वापत १० करोड ५ लाख ४६ हजार ८ सय रुपैया रकम बितरण हुँदै आएको छ । विभिन्न बर्गिकरणका आधारमा जिल्लाका कुल २० हजार ९ सय ५४ जनाले मासिक भत्ता पाउने गरेका छन् ।
जिल्लाभरमा ६ हजार ८ सय ९४ जना जेष्ठ नागरीक ४ हजार १ सय ६३ असहाय र विधवा ७५ जना असक्त अपाङ्ग २ हजार ६ सय १७ जेष्ठ दलित ७ हजार १ सय ७ जना दलित बालबालिका र ९८ पुर्ण अपाङ्गहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा बापत भत्ता दिने गरिएको हो ।
जिल्ला विकास समिति पर्वतले दिएको जानाकारी अनुसार मासिक रुपमा ८३ लाख ७८ हजार ९ सय रुपैया वितरण हुँदै आएको छ । जेष्ठ नागरीकका लागि मासिक ५ सय असहाय र विधवाका लागि ५ सय ७५ जना असक्त अपाङ्गका लागि ३ सय जेष्ठ दलितको लागि मासिक ५ सय बिपन्न दलित बालबालिकालाई मासिक २ सय र पुर्ण अपाङ्गका लागि मासिक रुपमा १ हजार रुपैया राहत स्वरुप दिने गरिएको छ ।
भत्ता पाउनेहरुलाई जिल्लाको ५५ वटै गाविसमा गाविस सचिव मार्फत चौमासिक रुपमा दिने गरिएको छ । चालु आर्थिक वर्षमा दोस्रो चौमासिक सम्मको भत्ता पुर्ण रुपमा वितरण भैसकेको जिल्ला विकास समिति पर्वतका नायब सुब्बा जगन्नाथ शर्माले जानाकारी दिएका छन् । उनले भने ‘दोस्रो चौमासीक सम्मको कुल सुरक्षा भत्ता वापतको ६ करोड ७० लाख ३१ हजार २ सय रुपैया वितरण गरिसउकेका छौ ।’ प्रत्येक असक्त अपाङ्ग बृद्ध दलितलाई गाविसमै पुगेर भत्ता दिने दिने गरेको शर्माले बताए ।
मासिक रुपमा जिल्लाका सवै पुर्ण अपाङ्गहरुलाई ९८ हजार ज्येष्ठ नागरिकलाई १४ लाख २१ हजार ४ सय असहाय र विधवालाई २० लाख ८१ हजार ५ सय ७५ जना अशक्त अपाङ्गलाई २२ हजार ५ सय जेष्ठ दलितका लागि १३ लाख ८ हजार ५ सय वितरण हुने जिल्ला बिकास समितिले जनाएको छ ।
बाट:धौलाश्री

No comments:

Post a Comment

kushmabajar.blogspot.com