कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नवलपरासीमा सडक दुर्घटनामा परी ६ जना विद्यार्थी घाईते

 नवलपरासीमा आज सडक दुर्घटनामा परी ६ जना विद्यार्थी घाईते भएका छन् । नवलपरासीबाट भैरहवा जाँदै गरेको १०३० नं. को पीकअप भ्यानले भुमही भैरहवा सडकखण्डको रामग्राम नगरपालिका ५ मन्झरिया चोकमा विपरित दिशाबाट आईरहेको ४ वटा साईकलमा सवार विद्यार्थीहरूलाई ठक्कर दिँदा ६ जना घाईते भएका हुन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको नवलपरासी प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेका नवलपरासी जिल्ला सुकरौली ९ का १४ बर्षिय आकाश चौधरी, १२ वर्षीय सुगम चौधरी र वर्ष १२ की बन्दना चौधरीलाई उपचारका लागि युनिभर्सल मेडिकल कालेज भैरहवा लगिएको छ ।

त्यस्तै घाइते भएका सोही ठाउँका १२ वर्षीया धर्मेन्द्र चौधरी, १२ वर्षकै निलम चौधरी र रुपन्देही बैरवा ८ घर भएका १५ वर्षीय श्रीनारायण गौंडलाई समेत उपचारका लागि भैरहवा लगिएको नवलपरासी प्रहरीले जनाएको छ । साढे ११ बजेको समयमा भएको दुर्घटनाको पिकअप भ्यान र भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ 

No comments:

Post a Comment

kushmabajar.blogspot.com