गणेश पौडेल
बागलुङ, चैत २३ गते ।
शसस्त्रद्वन्द्वको समयमा तत्कालिन शाही नेपाली सेना र बिद्रोही माओवादीबीच दोहोरो गोली हानाहानको समयमा गोली लागी घाईते भएका बागलुङ जिल्लाको ग्वालीचौरका भीमबहादुर बिकले उपचारका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । २०५९ साल कात्तिक २५ गते बिद्रोही माओवादीले आफू बस्ने घर नजिकै सुरक्षाकर्मीलाई एम्बुसमा पारेपछि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा घुडामा गोली लागि घाईते भएका बिकले गाउँमा ५० रुपैया पनि पत्याउन छाडेको र कहि कतैबाट उपचारका लागि सहयोग नपाएपछि बागलुङ सदरमुकाम आउनुभएको छ ।
‘गाउँमा परालको दाँइ हालिरहेको अवस्थामा अन्धाधुन्ध गोली चलेपछि आफ्नो खुट्टामा गोली लाग्यो, बल्ल बल्ल भागेर बच्न त सकियो तर बाँचेपनि उपचारको अभावमा कष्टकर जीवन विताउन बाध्य छु ।’ ‘गाउँमा ऋण र आर्थिक सहयोग लिएर दुई पटकसम्म घुँडाको अप्रेसन गरेपनि निको भएन, डाक्टरले राम्रो अस्पतालमा गएर उपचार गराउन भन्छन्, तर उपचारका लागि पैसा छैन ।’ द्वन्द्वपीडित बिकले भन्नुभयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com