शुन्दर बातारण र मनोरम दृष्य भएको स्थानमा अवस्थित विश्वकै ठुलो शाल्रि्राम शिला अवलोकनका लागि आउने पर्यटकको भिड लागेको छ ।
धौलागिरी, लुम्वीनी र गण्डकी गरी तीन अञ्चल र पर्वत, स्याङजा र गुल्मी गरी तीन जिल्लाको सिमानामा पर्ने दक्षिण पर्वतको शाल्रि्राम गाविसमा रहेको शिला अवलोकनका लागि आउनेहरुको भिड लागेको हो । धार्मिक दृष्टिले समेत उत्तिकै महत्वपुण मानिने शाल्रि्राम शिलाको अवलोकनका साथै स्वदेश तथा विदेशवाट पर्यटकहरु आउने गरेका छन् । हिन्दु धर्मअनुसार शिलालाई भगवान विष्णुका रुपमा पुज्ने गरीन्छ । शालिग्रराम शिलाको दर्शन गरेर भाकल गरे आफ्नो मनोकामना पुरा हुने जनविश्वासका साथ यहाँ आउनेको आकर्षा बढेको हो । दैनिक १ हजार भन्दा वढिको संख्यामा आन्तरीक र वाहृय पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । हिन्दु धर्मालम्वीहरु शिलामा पुजापाठ गर्ने, भाकल गर्ने गर्छन भन्ो विदेशी पर्यटकहरु तस्विरहरु खिच्ने गर्दछन् ।
विश्वमै कालीगण्डकी नदीमा मात्र पाईने शाल्रि्राम शिला अवलोकन तथा दर्शनका गर्न अहिले नेपालका अधिकांस जिल्लाका विद्यालयको शैक्षिक भ्रमणको केन्द्रविन्दु समेत बनेको छ । किालीगण्डकी ‘ए’ जलविद्युत केन्द्र निर्माणका क्रममा कालीगण्डकीमा बनेको जलाशयमा करिव ७ किलोमिटर भन्दा वढि लामो स्टीमर सेवा संचालन भएपछि पनि पर्यटकहरुको आबागमनमा बृृद्धि भएको स्थानीय व्यावसायी रेशमराज न्यौपानेले बताए । ०५८ सालदेखि नेपालमै पहिलोपटक व्यासायिक रुपमा जलयातायात संचालनमा आएपछि तीन जिल्लाको संगममा पर्ने सेतीवेणीबजारमा पर्यटकहरु आउन थालेका हुन् । स्याङजाको वालिङ्ग नगरपालीका हुँदै मिर्मिसँम्म सडकको राम्रो पहुँच पुगेकाले पनि पर्यटकको आकर्षा बनेको छ ।
अवलोकनका लागि आउने पर्यटकहरुसँग सानो मुल्यमा शुल्क लिने हो भने पनि करोडौ संकलन गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ । तर अहिलेसम्म कसैवाट पनि शुल्क लिने गरिएको छैन् ।
शाल्रि्राम शिलामा दैनिक एकदर्जन भन्दा बढि विद्यालयका विद्यार्थीहरु, सयौ आन्तरीक पर्यटक र तीन दर्जनभन्दा बढि वाहृय पर्यटकहरु आउने गरेको स्थानीय समाजसेवी हिमलाल न्यौपानेले बताए । पर्यटकहरुको आवागमनसँगै जलाशयमा संचालन हुँदै आएको १० वटा स्टीमरलाई भ्याईनभ्याई छ । त्यस्तै सेतीवेणी बजारको व्यावसायमा समेत लाखौ रुपैयाको व्यापार हुन थालेको न्यौपानेले बताए । सेतीवेणीमा पर्यटकहरुका लागि आवश्यक सवैखाले सुविधाहरु नभएकाले लामो समय वस्न सक्ने अवस्था छैन् । कालीगण्डकी नदिमा र्याफ्टीङ्गका लागि आउने बाहृय पर्यटकको गन्तव्यको स्थल समेत शाल्रि्राम बनेको स्थानीय बताउँछन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com