कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कालीगण्डकी नदीमा र्‍याफ्टीङको डुंगा पल्टिंदा एक किसोरी वेपत्ता


कालीगण्डकी नदीमा संचालित र्‍याफ्टीङको डुंगा पल्टिंदा यहाँकी एक किसोरी वेपत्ता भएकी छिन् ।
सोमबार अपरान्ह ५ बजे बागलुङको पैयुपाटा तर्फको भीरमा डुंगा ठोकिएर भएको दुर्घटनामा बानपा १ की १५ बर्षीया कल्पना छन्त्याल वेपत्ता भएको प्रहरी निरीक्षक पुष्प श्रेष्ठले बताए ।
एकजना गाइड सहित १५ जना बोकेको उक्त डुंगामा क्षमता भन्दा धेरै भएको र वेपत्ता छन्त्यालले र्‍याफ्टीङका लागि लगाउने सुरक्षित ज्याकेट नलगाउँदा वेपत्ता भएको अनुमान प्रहरीले गरेको छ । डुंगा पल्टेपछि अन्य सबैजनाले ज्याकेट लगाएकोले सकुसल उद्धार गर्न सकिएको थियो ।
घटना पछि डुंगा संचालकहरु संग सम्पर्क हुन नसकेकोले सबै विवरण आइ नसकेको प्रहरीले बतायो । घटनाको जानकारी पाउना साथ बागलुङ र पर्वतका प्रहरीको टोलीले खोजी गरिरहे पनि छन्त्यालको पत्तो लगाउन नसकिएको श्रेष्ठले बताए । घटना पछि र्‍याफ्टीङका सामाग्रीहरु प्रहरीले नियन्त्रणमा राखेको छ । घटना भएको डुंगा कुन कम्पनीको हो भन्ने समेत अहिले सम्म खुलेको छैन ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com