अगन्धर तिवारी, म्याग्दी चैत २८ । म्याग्दीको जिल्ला सदरमुकाम रहेको अर्थुङ्गे गाविसकै केहि वडाहरुमा वर्षको सात महिना खानेपानीको चरम हाहाकार हुनेगरेको छ । सदरमुकाम बेनीबजारदेखि करिव एक घण्टाको पैदल दुरीमा रहेको अर्थुङ्गे गाविसको वडा नंवर ४ ५ र ६ मा खानेपानीको समस्या भएको हो ।
२०१४ सालमा तत्कालिन राजा बिरेन्द्र शाहले पश्चिमााचल क्षेत्रको भ्रमण गर्ने क्रममा म्याग्दी आएका बखत उक्त वडाका बासिन्दाले गाउँमा खानेपानी ल्याइदिन अनुरोध गर्दै लिखित निबेदन समेत दिएका थिए ।
म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको जिल्ला अस्पतालको उद्घाटनका लागि बेनी आएका तत्कालिन राजा बिरेन्द्रले गाविसका सबै वडामा खानेपानी ल्याइदिने मौखिक प्रतिवद्धता जनाएको कुरा अहिले पनि केहि बुढापाकाहरुले सम्झिरहेका छन् ।
ु१४ सालमा तत्कालिन राजा बिरेन्द्र बेनी आउँदा हामिले खानेपानीको समस्याका बारेमा लिखित जानकारी गराएका थियौं उनले काठमाण्डौ पुग्नासाथ गाउँमा खानेपानीका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता दिएका थिए ।ु वडा नंवर ६ का प्रेमलाल पौडेलले भने । पौडेलका अनुसार गाउँमा बोल्नसक्ने व्यक्ति कोहि नभएका कारण केन्द्रले आँफुहरुको माग सम्बोधन गर्न नसकेको हो ।
अर्थुङ्गे गाविसका ४ ५ र ६ मा गरि करिव दुइसय परिवारको बसोबास छ । खानेपानी लिनका लागि करिव डेढ घण्टाको बाटो हिड्नुपर्छ स्थानीय शान्ति खत्रीले भनिन् । ुकहिलेकािहं त साँझमा पाहुना आउँदा पनि पानीकै समस्याका कारण बास नबसे हुन्थ्यो जस्तो लाग्छ ।ु गाउँदेखि करिव ४५ मिनेटको दुरीमा रहेको कुवामा पानी लिन जाँदा र आउँदा घरको अन्य काममा निकै असर पर्नेगरेको उनले बताइन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com