कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

खाना नपाएको निहुँमा आफ्नै श्रीमती लिलालाई छुरा प्रहार


सुर्खेत, चैत्र २२ - खाना नपाएको निहुँमा तातापानी गाविस–८ बच्छीका आइते विकले आफ्नै श्रीमती लिलालाई छुरा प्रहार गरेका छन् । गत आइतवार साँझ ७ बजे रक्सीले मातेका आइतेले श्रीमतीलाई किन खाना नपकाएको भनी छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट लिलाको छातीमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय शिक्षक केशव खत्रीको सहयोगमा प्रहरीको गाडीबाट सोमवार राती ८ बजे उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ ल्याइएको छ ।
घरमा खानेकुरा केही पनि थिएन, तर पनि रक्सी खाएर आएका बुबाले खाना किन नपकाएको भनी छुराले हाने, आमासंगै अस्पतालका आएका जेठा छोरा ज्योतिले भने ।
छुरा प्रहारबाट रक्ताम्मे भएकी लिलालाई स्थानीय शिक्षक केशव खत्रीको पहलमा करिव २ हजार चन्दा उठाएर उपचारका लागि अस्पताल ल्याइएको हो । उनको अस्पतालमा उपचार भइरहेको छभने छुरा हान्ने श्रीमान् आइतेलाई छिमेकीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । आइतेलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा हिरासतमा राखिएको छ ।
अस्पतालमा उपचार गराइरहेकी लिलालाई समाचार संकलन गर्न पुगेका गोखारपत्रका रिपोर्टर ललित वसेल र प्रहरी जवान तर्कबहादुर शाहीले रक्तदान गरेका थिए । अत्यन्त गरिव परिवारका लिलाको उपचारका लागि आवाज संस्थाले सहयोग गरेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com