नवलपरासी जिल्लामा वार्षिक रुपमा ३५ देखि ४० जना चेलिबेटीहरु बेपत्ता हुने गरेको उजुरी पर्ने गरेको माईति नेपाल रोकथाम गृह नवलपरासीले जनाएकोछ ।
रोकथाम गृह द्धारा सोमबार आज परासीमा आयोजना गरिएको सुरक्षित बसाई सराई र मानव बेचविखन तथा ओसार पसार विरुद्धको जिल्ल्ाा स्तरिय अन्तरसंवाद कार्यक्रममा सो जानकारी दिईएको हो ।
कार्यक्रममा रोकथाम गृहका संयोजक माया क्षेत्रिले जिल्ल्ााका विभिन्न नाका हुदै भारत जान लागेका १४ जना चेलिहरुलाई यसवर्ष संरक्षण गरि अभिभावकको जिम्मा लगाएको जानकारी दिईन । चेलिबेटी बेचविखन रोकथामका लागि जिल्लाका २५ गाविसमा कार्यदल र १७ गाविसमा संजाल गठन गरि कार्यक्रम अगाडि बढाईएको उनले बताईन ।
जिल्लाका २५ गाविस चेलीबेटी बेचबिखन वाट प्रभावित रहेको र दाउन्ने र सुनवल गाविसमा सबैभन्दा वढि चेलिबेटीहरु रोजगारका लागि बिदेश जाने गरेको कार्यक्रममा जानकारी दिईएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com